हुन त विदेश बस्नेलाई देशको कुरा कसरी थाहा हुन्छ भनेर कड्किने जमात ठूलै होला , तर भित्र बसेर देखिने र बाहिरबाट देखिने कुरो भिन्दै हुँदो रहेछ – ऐनामा आफ्नो नयाँ टि-शर्ट हेरेर जति मख्ख परे पनि पछाडि झुण्डिएको ट्याग देखाइदिन त बाहिरको/अर्को मान्छे नै चाहिन्छ । एकातिर विदेश बस्नेले नेपालको बारे बोलेर खोक्रो राष्ट्रवाद देखायो भन्नेहरु छन् भने अर्कोतिर विदेश बस्नेलाई सबै थाहा हुन्छ भन्ने भ्रम बोक्नेहरु पनि छन् । मैले माथि भनेजस्तै ट्याग देखाउन टि-शर्ट भित्र हैन बाहिर हेर्नुपर्छ । जहाँसम्म खोक्रो राष्ट्रवादको कुरा छ – ट्याग देखाउने मान्छेलाई धन्यवाद भन्ने कि “आँखा छ भनेर नाक लगाको” भन्ने- यो हाम्रो सोचाइमा भरपर्छ । सोच सकारात्मक छ भने संसार नै सकारात्मक हुन्छ र सोच नकारात्मक छ भने सबैकुरा नकारात्मक नै देखिन्छ । अर्को पक्षको कुरा गर्नुपर्दा विदेश बस्ने भन्दैमा सवै कुराको ज्ञान हुन्छ नै भन्ने पनि छैन । कुन कुरामा कसको कति दखल छ भन्ने कुरा त्यो व्यक्तिको रुचि,हेलमेल, मानसिकता र आत्मविश्वासमा भरपर्छ । अन्त त थाहा भएन तर मैले भेटेका नेपालीहरुमध्ये अधिकांश सकेसम्म आफ्नै समूदायभित्रै सीमित रहने र आफ्नो समूदाय नभएको ठाउँमा बसेको छ भने अरु दक्षिण एसियाली मूलका मान्छेहरूसंग मात्र उठबस र घुलमिल गर्ने गरेको पाएको छु । यसरी आफ्नो समूदाय भित्रै सीमित रहने, रैथाने स्थानीय बासिन्दालाई उल्टै “विदेशी” भनेर टाढै बस्ने र उनिहरुलाई रंगभेदी विशेषण दिने क्रियाकलापले उनिहरुलाई नै पछि पारिरहेको छ । मैले भेटेका कतिपय नेपालीहरुलाई पश्चिमेली दैनिकीको बारेमा सामान्य ज्ञान समेत नभएको मैले आफैं अनुभव गरेको छु , तर यो बारेमा पछि लेखौंला । यहाँ मैले उठाउन खोजेको विषय हो राजनीति, तर कुनै दलको समर्थन या विरोध गर्ने राजनीति नभई शुद्ध राजनीति । किनभने मैले एकाध बाहेक अधिकांश नेपाली, जो आफूलाई राजनीतिक कार्यकर्ता भन्न रुचाउँछन् – संग राजनीतिको सामान्य सिद्धान्तको समेत ज्ञान नभएको पाएको छु । मनोवैज्ञानिक रुपमा भन्नुपर्दा हामी थाहै नपाई आफ्नै विश्वासको दास भईरहेका छौं । भन्नुको मतलव हामी जे सुन्न चाहन्छौं त्यही मात्रै सुन्छौं र बुझ्छौ र यो बुझाईमा समेत हामी आफ्नो अनुभव घुसार्छौं । एउटा उदाहरण एउटा दलको समर्थकले आफ्नो दलको जुनसुकै कदमलाई पनि ठीक ठान्छ र अर्को दलको जुनसुकै कदम पनि गलत । जस्तो आफ्नो दलले खानेपानी बांड्छ – वाह, कस्तो राम्रो काम अर्को दलले खानेपानी बांड्छ – प्लास्टिकको बोतलले वातावरण विगार्यो !! यहाँनेर एउटा प्रसंग जोड्न मन लाग्यो । बुध्दधर्मको त्जेन हाँगाले भन्छ सत्य तीनवटा हुन्छन् । तिम्रो सत्य , मेरो सत्य र वास्तविक सत्य । यसको पनि एउटा उदाहरण क र ख को झगडा पर्छ । क र ख ले आ-आफ्नै “सत्य” बताउँछन्, तर वास्तविकता भने उनीहरुले भनेको भन्दा फरक हुन्छ, कारण आफ्नो गल्ती कसैले पनि सजिलै स्विकार गर्दैन । यी प्रसंगले हाम्रो राजनीतिक मानसिकता प्रस्ट्याउँछ । कसरी ? पढ्दै जानुस् थाहा पाउनुहुनेछ ।
0 Comments
देशको छविमा अहिले अर्को एउटा दाग लागेको छ। आङनै सिरिङ्ग हुने यो घटनाले संसारसामु हामीलाई फेरि एकपल्ट लज्जित तुल्याएको छ । सन्दर्भ – रुकुम घटना हिमालखबरका प्रविर ददेलले आफ्नो रिपोर्टको शुरुमै यो घटनालाई जातीय दुरीको कारण भनेर किटेका छन । प्रविर मात्र हैन, धेरे पत्रकार, रिपोर्टर र सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत दलित हुनुकै कारण यो विभत्स घटना घटेको ठोकुवा गरेका छन् । कतिपयले यो घटनालाई जातीय रंग नदिन आग्रह गरेपनि नेतादेखि विदेशी कुटनीतिज्ञले सम्म आ-आफ्नै वक्तव्यबाजी गरेर जातीय विभेदलाई नै यो घटनाको मूल कारक मानेका छन् । आज बुद्ध जयन्ती । हुन त यो दिन संसारले नेपाल चिन्ने थोरै कुरा मध्य एक हुनुपर्ने हो । दुर्भाग्यवश प्रचार प्रसार र राष्ट्रको उदासीनताका कारण यूट्यूबका अधिकांश भिडियो, हलिवुडका केही सिनेमा र बुद्ध धर्मसंग सम्वन्धित वेवसाइटमा समेत बुद्धको जन्मस्थल भारत भनिएको छ ।बुद्ध भारतको, सगरमाथा चीनको अनि बहादुर भनेर चिनिने गोर्खालीहरु समेत भारतीयकरण हुंदैछ – गोर्खाल्याण्डको नाममा । यसरी इतिहास नै हडप्ने कोशिश हुँदा पनि नेपाल सरकारले चुइँक्क बिरोध जनाएको छैन । हुन पनि कमिशन नआउने ठाउँमा किन बोल्थ्यो र सरकार । |
sunil karki
Just an average blogger who writes about anything. Archives
August 2020
Categories |